सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव

images
बुधबार, वैशाख २७ २०८०
images
images
बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव

अर्थतन्त्रको संकुचनलाई देखाएर बजेटको आकार घटाए अर्थतन्त्रमा झन् संकुचनतर्फ जाने पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए।

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त हुने सुझाव दिएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले निश्चित क्षेत्रमा विस्तारकारी र अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्ने बताए। 'वर्तमान अवस्थामा देखिएका आर्थिक संकुचन तथा भविष्यमा आउन सक्ने वित्तीय क्षेत्रको चुनौतीलाई सम्बोधन गर्न गम्भीर भएर सोचौँ, आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनः परिचालित गराउन उपयुक्त बजेट निर्माण गर्नु आवश्यक रहेको छ', उनले भने।

images
images

अर्थतन्त्रको संकुचनलाई देखाएर बजेटको आकार घटाउन थालिएमा अर्थतन्त्रमा झन् संकुचनतर्फ जाने उल्लेख गर्दै उनले अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य विकल्प नभएको बताए।

images
images
images

आर्थिक गतिविधि बढाउन बजेट बढाउँदा स्रोत व्यवस्थापनको चुनौतीलाई ध्यान दिनु आवश्यक छ। यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिनुपर्ने बताए। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend