सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

images
बुधबार, वैशाख २७ २०८०
images
images
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

पक्राउ पुर्जी जारी भएपछि टाेपबहादुर रायमाझी अहिले फरार छन्। उनका छोरा सन्दीपलाई भने पक्राउ परिसकेका छन्। 

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ।

images
images
images

अनुसन्धानलाई सघाउन र कानूनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म उनलाई निलम्बन गरिएको एमालेले जनाएको छ।

images
images

पक्राउ पुर्जी जारी भएपछि रायमाझी अहिले फरार छन्। उनका छोरा सन्दीपलाई भने पक्राउ परिसकेका छन्। 

images
images
images

यस प्रकरणमा आज मात्रै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। उनका स्वकीय सचिव नरेन्द्र केसीलाई समेत प्रहरीले पक्राउ गरेकाे छ।

यसअघि सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे समातिएका छन्। गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनी पक्राउ पुर्जी जारी भएपछि आफै जिल्ला प्रहरी परिसर टेकुमा पुगेका हुन्। प्रहरीले गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्‍लाहकार डा. इन्द्रजित राईलाई पनि पक्राउ गरेको थियो।

यो प्रकरणमा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ लगायत हालसम्म १२ जना पक्राउ परिसकेका छन्। उक्त घटनामा हालसम्म १ सय ६ जनाले २० वटा जाहेरी दिइसकेको प्रहरीले जनाएको छ। पीडितहरुले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख गरेका छन्।


प्रकाशित : बुधबार, वैशाख २७ २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend