सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव पनि पक्राउ

images
बुधबार, वैशाख २७ २०८०
images
images
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव पनि पक्राउ

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।

images
images

काठमाडौं- नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्। प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

images
images
images

सोही घटनाको अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि प्रहरीले उनकै निवासबाट आजै नियन्त्रणमा लिएको थियो। योसँगै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ।

images
images

यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ।

images
images
images

उक्त घटनाका अर्का आरोपित नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ। जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ। उक्त घटनाका पीडितहरुले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख गरेका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८००६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend