सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

मुलुक आर्थिक मन्दीतिर गए पनि निजी क्षेत्र निराश भइसकेको छैन : अध्यक्ष ढकाल

images
बुधबार, वैशाख २७ २०८०
images
images
मुलुक आर्थिक मन्दीतिर गए पनि निजी क्षेत्र निराश भइसकेको छैन : अध्यक्ष ढकाल

कृषि उत्पादनलाई विशेष जोड दिँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले खाद्यान्नमा आत्मनिर्भर हुन सरकारको नीति प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। आगामी बजेटलाई सुधारको प्रस्थानबिन्दु बनाउन उनले आग्रह गरे।

images
images

काठमाडौं- उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुक आर्थिक मन्दीतिर गइरहेको भए पनि निजी क्षेत्र भने निराश नभएको बताएका छन्। 

images
images
images

बजेटका लागि सुझाव दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरुलाई निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फेर्न पनि आग्रह गरे।

images
images

नेपालको नवीकरणीय ऊर्जा, पर्यटन लगायतका क्षेत्रलाई सरकारले बढी जोड दिएर आर्थिक विकासमा टेवा पुग्ने भन्दै अध्यक्ष ढकालले महासंघका पाँचवटा प्राथमिकतामा सरकारले ध्यान दिनुपर्ने समेत बताए। ‘मलाई आशा र विश्वास छ कि हाम्रो अर्थतन्त्र सुधार हुँदै जानेछ। विनाशकारी भूकम्प र कोरोना महामारीपछि हाम्रो देशले गरेको रिकभरी सम्झिँदा म सुधार हुन्छ भन्नेमा सकारात्मक छु,’ ढकालले भने।

images
images
images

आगामी बजेट, नीति तथा कार्यक्रममा समस्या पटकपटक आउन नदिन संरचनात्मक सुधारमा ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे। विदेशी लगानी भित्र्याउने भनिए पनि अपेक्षाकृत हुन नसकेको भन्दै उनले विदेशी लगानी बढाउँदा देशको निर्यातको आँकडा पनि बढ्ने बताए। निजी क्षेत्र र सरकारबीच थप सहकार्य आवश्यक रहेको भन्दै उनले दक्ष जनशक्ति बढाउन विशेष पहल हुनैपर्ने उनको भनाइ छ। 

‘ब्याजदरमा पुनरावलोकन, कर्जाको पुनर्तालिकीकरणदेखि पुनर्कर्जाको व्यवस्था गरेर निर्माण क्षेत्रलगायत अन्य प्रभावित उद्योगलाई जोगाउनै पर्छ,’ उनले भने, ‘बाह्य क्षेत्रमा सुधार आएकाले अर्थतन्त्रमा सुधार देखिनेमा निजी क्षेत्र आशावादी छ।’

ढकालले फलाम तथा खनिज निर्यातमा सरकारले विशेष योजना ल्याउनैपर्ने भन्दै युवा जनशक्तिलाई रोजगारी उपलब्ध गराउने कार्यक्रम ल्याउन आग्रह गरे। कृषि उत्पादनलाई विशेष जोड दिँदै खाद्यान्नमा आत्मनिर्भर हुन सरकारको नीति प्रभावकारी कार्यान्वयन हुनुपर्ने भन्दै उनले आगामी बजेटलाई सुधारको प्रस्थानबिन्दु बनाउन आग्रह गरे।

दोस्रो प्राथमिकता, स्वदेशी र विदेशी लगानीलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत बताए। नेपालमा वार्षिक करिब २० अर्ब विदेशी लगानी आउने गरेको छ। नेपालजस्तै अतिकम विकसित मुलुकहरु बंगलादेश, क्याम्बोडियाभन्दा यो दश गुणा कम लगानी रहेको उनले बताए। बाह्य क्षेत्र सन्तोषजनक रहेकाले तत्काल मन्दीबाट बाहिर आउन सकिने बताउँदै मौद्रिक र वित्तिय नीतिले बजारमा माग सिर्जना गर्न सकिने उपकरण ल्याउनुपर्ने बताए। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८००४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend