बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गैरकानूनी प्रसारण बन्द गराउन केबल टेलिभिजन व्यवसायी महासंघको माग 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
गैरकानूनी प्रसारण बन्द गराउन केबल टेलिभिजन व्यवसायी महासंघको माग 

पटकपटक माग गर्दै आएपनि अहिलेसम्म बन्द हुन नसकेको यस्तो प्रसारण बन्द गराउन माग गर्दै महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष फेरि माग गरेको हो। 

काठमाडौं-  नेपाल केबल टेलिभिजन व्यवासायी महासंघले गैरकानूनी रुपमा प्रसारण भइरहेका विभिन्न प्रसारण सेवालाई बन्द गराउन सरकारसमक्ष फेरि माग गरेको छ। 

महासंघले प्रसारणको क्षेत्रलाई नियमन गर्न नेपालमा विद्यमान राष्ट्रिय प्रसारण ऐन,२०४९, राष्ट्रिय प्रसारण नियमावली,२०५२, रेडियो ऐन, २०१४, रेडियो सञ्चार (लाइसेन्स) नियमावली २०४९, विज्ञापनि (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ विपरीतका प्रसारण सेवा बन्द गराउन माग गरेको हो। 

नियम कानून अनुसार अनुमति लिएर राज्यलाई कर तिर्ने व्यवसायीहरू मारमा परेकोभन्दै महासंघले लामो समयदेखि सरकारसमक्ष यही माग गर्दै आएको छ। 

विभिन्न ओटीटी प्ल्याटफर्महरूले अनुमति नलिई गैरकानूनी रुपमा नेपालमा प्रसारण गरिरहेको र कन्टेन्टहरू सेन्सर बिना आइरहेको प्रति महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। कानून अनुसार नेपालमा अनुमति लिएरमात्र प्रसारण गर्नुपर्ने भएपनि यस्ता सेवा अनुमति नलिइ चलिरहेको महासंघले उल्लेख गरेको छ।

WhatsApp Image 2023-05-09 at 14.48.33-2.jpeg


प्रकाशित : बुधबार, वैशाख २७ २०८००४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend