बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्सका कार्डबाहक ग्राहकलाई अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
सिटिजन्सका कार्डबाहक ग्राहकलाई अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्म छुट
सांकेतिक तस्बिर।

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। 

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। 

साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकहरुका लागि अन्नपूर्ण केबलकारको टिकट नि:शुल्क उपलब्ध हुनेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको विश्वास छ। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८०१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend