बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एभरेष्ट बैंकको नयाँ शाखा बर्दघाटमा

सोमबार, वैशाख २५ २०८०
एभरेष्ट बैंकको नयाँ शाखा बर्दघाटमा

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले नवलपरासी (पश्चिम) मा आफ्नो १२५औँ शाखा सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सोमबार संयुक्त रुपमा गरेका छन्।

उद्घाटन समारोहमा सभापति भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए। साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे।  


प्रकाशित : सोमबार, वैशाख २५ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend