शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

सोमबार, वैशाख २५ २०८०
चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

तीन करोड ८१ लाखको लागतमा भीमाद-१ र घिरिड-२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, एक करोड ८९ लाखमा शुक्लागण्डकी-९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, एक करोड १८ लाख रूपैयाँमा भीमाद-५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ। 

तनहुँ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ। आर्थिक वर्ष २०७८/७९ मा तीनसय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याइएको हो । 

७० हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए।

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याइएको हो। जिल्लाको कुल एक लाख ५४ हजार ६ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए।

जिल्लामा कार्यान्वयनमा रहेका महत्वपूर्ण योजना नौ रहेका छन्। त्यसमा ६ योजनाको कार्यसम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

उनका अनुसार तीन करोड ८१ लाखको लागतमा भीमाद-१ र घिरिड-२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, एक करोड ८९ लाखमा शुक्लागण्डकी-९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, एक करोड १८ लाख रूपैयाँमा भीमाद-५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ। 

त्यसैगरी एक करोड २९ लाखमा शुक्लागण्डकी-१० स्थित लोकदीटार सिँचाइ योजना, एक करोड २१ लाखको लागतमा देवघाट-१ स्थित बेसारघारी सिँचाइ योजना र ७९ लाख ४८ हजार रूपैयाँको लागतमा भीमाद-७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, वैशाख २५ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend