शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो 'नबिल ढुक्क बचत खाता'

images
सोमबार, वैशाख २५ २०८०
images
आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो 'नबिल ढुक्क बचत खाता'

उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

images
images

काठमाडौं- नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित 'नबिल ढुक्क बचत खाता' ल्याएको छ। उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

images
images
images

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रूपैयाँ, दुर्घटना बीमा बापत १० लाख रूपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रूपैयाँ दाबी गर्न पाउनेछन्। 

images
images

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ।

images
images

साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने 
व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend