बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो 'नबिल ढुक्क बचत खाता'

सोमबार, वैशाख २५ २०८०
आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो 'नबिल ढुक्क बचत खाता'

उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

काठमाडौं- नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित 'नबिल ढुक्क बचत खाता' ल्याएको छ। उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रूपैयाँ, दुर्घटना बीमा बापत १० लाख रूपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रूपैयाँ दाबी गर्न पाउनेछन्। 

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ।

साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने 
व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend