सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

काठमाडौं महानगरले हटाउन थाल्यो अव्यवस्थित तार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
काठमाडौं महानगरले हटाउन थाल्यो अव्यवस्थित तार

सम्बन्धित पक्षहरुसँगको सहमतिपछि अव्यवस्थित तार हटाउन सुरु गरिएको हो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ।

images
images
images

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो।

images
images

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ। महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही बैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरि तार नहटाउन परिपत्र गरेको थियो।

images
images
images

त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो। बैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैंले तार हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताए। उनले भने, 'हिजोको छलफलमा आजदेखि नै तार हटाउने विषयमा सहमति भएको छ, आजबाट नै तार हटाउने कार्यक्रम सुरु हुन्छ ।'

आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले जनाएको छ। सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २५ २०८००५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend