सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

युरोपियनहरूलाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्रीको आग्रह 

images
सोमबार, वैशाख २५ २०८०
images
images
युरोपियनहरूलाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्रीको आग्रह 

नेपालमा पछिल्लो समय लगानीका लागि धेरै सुविधा थपिएको र यसले गर्दा प्रतिफलको सम्भावना बढाएको उनको भनाइ छ।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले युरोपियनहरूलाई नेपालमा लगानी गर्न आव्हान गरेका छन्।

images
images
images

आजदेखि काठमाडौंमा सुरू भएको ईयू-नेपाल बिजनेस फोरमलाई सम्बोधन गर्दै उच्च प्रतिफलको सम्भावना भएकाले निजी, बहुपक्षीय र द्विपक्षीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

images
images

नेपालमा पछिल्लो समय लगानीका लागि धेरै सुविधा थपिएको र यसले गर्दा प्रतिफलको सम्भावना बढाएको उनको भनाइ छ। 'यही कारणले गर्दा अहिले बहुपक्षीय द्विपक्षीय र निजी लगानी आइरहेको छ। हाम्रो नीतिगत सहजताकै कारणले यो आकर्षण भइरहेको छ' उनले भने।

images
images
images

युरोपबाट धेरैभन्दा धेरै निजी लगानीको अपेक्षा गरिएको उनको भनाइ छ। अहिले युरोपियनहरूको लगानी भारतसम्म आएको र त्यसलाई   नेपालसम्म विस्तार गर्न उनको आग्रह छ।

लगानी सहजीकरणका लागि पछिल्लो समय सरकारले नीतिगत तथा संस्थागत व्यवस्था गरेको र कुनै पनि लगानीकर्तालाई सहयोग गर्न सरकार सँधै तत्पर रहेको उनको भनाइ छ।


प्रकाशित : सोमबार, वैशाख २५ २०८००४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend