सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै १०१ जनासँग ३ करोड ५६ लाख ठगी

images
आइतबार, वैशाख २४ २०८०
images
images
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै १०१ जनासँग ३ करोड ५६ लाख ठगी

ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै तीन करोड ५६ लाख बढी ठगी गर्ने एक जना पक्राउ परेका छन्। 

images
images
images

वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा ४ लाख रूपैयाँ बढी तलबमा काम लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

images
images

बास्तोला समेतले १०१ जना पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले भक्तपुरको दरबार स्क्वायरबाट नियन्त्रणमा लिएको हो।

images
images
images

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।  


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend