बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
महालक्ष्मी विकास बैंकद्वारा प्रहरी र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले प्रहरी र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ। 

बैंकको नेपालगञ्ज शाखाले कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो।

स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मूल्यमा किड्नी, लिभर, सुगर र युरीक एसिडसम्बन्धी प्रयोगशाला चेकजाँचमा सहजता पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।

निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाँकेका अध्यक्ष पूर्णिमा शाहीलाई बैंकका लुम्बिनी प्रदेश ‘ख’ का प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रबन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।

उक्त कार्यक्रममा अध्यक्ष पूर्णिमा शाहीले आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा व्यक्त गरिन्।


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend