बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पुरानो ब्याट्री लिलाम प्रकरणमा टेलिकमका वरिष्ठ सहायक लामिछाने दोषी ठहर

आइतबार, वैशाख २४ २०८०
पुरानो ब्याट्री लिलाम प्रकरणमा टेलिकमका वरिष्ठ सहायक लामिछाने दोषी ठहर

नेपाल टेलिकमका वरिष्ठ सहायक रामचन्द्र लामिछाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं- नेपाल टेलिकमका वरिष्ठ सहायक रामचन्द्र लामिछाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। लामिछानेमाथि अख्तियारले ८६ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक लामिछानेमाथि स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

साथै अख्तियारले अनुसन्धान गर्दा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा ८६ लाख ८८ हजार १ सय ३२ रूपैयाँ लामिछानेले अनियमितता गरेको पुष्टि भएको अरोप पत्रसहित मुद्दा दर्ता गरेको थियो। 


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend