सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

नेपाली नागरिकता लिएको आरोपमा समातिए १० भारतीय नागरिक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
images
images
नेपाली नागरिकता लिएको आरोपमा समातिए १० भारतीय नागरिक

उनीहरुको साथबाट नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिक पक्राउ परेका छन्।

images
images
images

नक्कली कागजात पेश गरेर जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० भारतीय नागरिकलाई काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो।

images
images

पक्राउ पर्नेहरुमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्। यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ।

images
images
images

तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

उनीहरुको साथबाट नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २४ २०८००९:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend