शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्‍याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

गण्डकी- शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ।

साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्‍याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। केही स्थानमा क्षति पुर्‍याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए।

वडा नं ३२ स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए। हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २४ २०८००७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend