सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

‘टुकुचा खोलाको क्षेत्राधिकारभित्रको जग्गा सार्वजनिक प्रयोजनमा ल्याउने प्रक्रिया अब अगाडि बढाइन्छ’ 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
images
images
‘टुकुचा खोलाको क्षेत्राधिकारभित्रको जग्गा सार्वजनिक प्रयोजनमा ल्याउने प्रक्रिया अब अगाडि बढाइन्छ’ 

काठमाडौं महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले इच्छुमती (टुकुचा) खोलाको क्षेत्राधिकारभित्रको जग्गा सार्वजनिक प्रयोजनमा ल्याउने प्रक्रिया अगाडि बढाइने बताएका छन्।

images
images
images

उच्च अदालत पाटनले टुकुचा ढल नभइ खोला नै भएको फैसला सुनाएसँगै मेयर बालेनले यस्तो बताएका हुन्। 

images
images

काठमाडौं महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो। यसमा उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको हो। 

images
images
images

'केहिदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ। टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ', अदालतको फैसलापछि मेयर साहले भनेका छन्, 'कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ। तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानूनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।'

अदालतको फैसलाले टुकुचा खोला अर्थात् इच्छुमती नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको उनले बताए। 

यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको पनि उनले बताए।


प्रकाशित : आइतबार, वैशाख २४ २०८००७:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend