सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

उच्च अदालत पाटनले भन्यो - टुकुचा ढल होइन, खोला हो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
images
images
उच्च अदालत पाटनले भन्यो - टुकुचा ढल होइन, खोला हो

उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ।

images
images

काठमाडौं- उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ। काठमाडौं महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो। 

images
images
images

अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानून अनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
 
'खोला भएकाले यसको पहिचान हुन्छ। यससँग जोडिएको जमिन सार्वजनिक हुन्छ', उच्च अदालतको पूर्णपाठबारे उनले सुनाए। कानूनबमोजिम जग्गा प्राप्ति गरेको भए लगत कट्टा गर्ने महानगरपालिकाको तयारी छ। लगत कट्टापछि फेरि काम सुरु गर्ने मानन्धर बताउँछन्।

images
images

अदालतका प्रवक्ता मन्दिरा शाहीले पनि टुकुचा ढल नभइ खोला नै भएको फैसलामा उल्लेख गरिएको जानकारी दिए।

images
images
images

महानगरपालिका प्रमुख बालेन्द्र शाहले आजै सामाजिक सञ्जालमा अदालतको फैसलापछि विधिसम्मत तरिकाले महानगरपालिकाले सुरु गरेको खोला र त्यसको दायाँबायाँको जग्गाा संरक्षण गरिने उल्लेख गरेका छन्।


प्रकाशित : आइतबार, वैशाख २४ २०८००७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend