सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

चारलेन सडकमै छैन साइकल लेन

images
आइतबार, वैशाख २४ २०८०
images
images
चारलेन सडकमै छैन साइकल लेन

साइकलमै यात्रा गर्ने चमार नेपालगञ्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो।

images
images

नेपालगञ्ज- नेपालगञ्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा-३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो। 

images
images
images

नेपालगञ्ज उपमहानगरपालिका-१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उनलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दिएको थियो। गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिए। 

images
images

साइकलमै यात्रा गर्ने चमार नेपालगञ्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो। नेपालगञ्जमा साइकल लेन नहुँदा ठूला सवारीसाधनको ठक्करबाट दैनिकजसो साइकलयात्री दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ। 

images
images
images

साइकल लेन नहुँदा सर्वसाधारण सडक दुर्घटनाबाट घाइते, अपांगता तथा अकालमै मृत्युवरण गर्न बाध्य रहेको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए। 'साइकल लेन नहुनु साइकलयात्रीको सुरक्षा सवालमा गम्भीर जोखिम हो, साइकल लेनको सवाललाई सरोकारवालाले बेलैमा बुझिदिए धेरैको ज्यान जोगिन सक्थ्यो', उनले भने, 'नेपालगञ्जमा साइकल लेनका लागि क्लबको तर्फबाट निरन्तर प्रयास भए पनि सफल हुनसकेको छैन।'

पछिल्लोपटक नेपालगञ्जमा साइकलयात्रीको सङ्ख्या दैनिकरूपमा बढ्दै गए पनि साइकल लेन नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको अध्यक्ष निरौलाले सुनाए। नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा साइकल लेनको आवश्यकता रहेको बताउँदै साइकल लेन बनाउने कामको छिट्टै सुरुआत गर्ने बताए।

साइक्लिङमार्फत स्वस्थ जनशक्ति पैदा हुनुका साथै प्रदूषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेकाले आगामी आर्थिक वर्षमा साइकल लेन बनाउन सरोकारवालासँग छलफल गरेर बजेट तर्जुमा गरिने उनको भनाइ छ। नेपालगञ्ज साइक्लिङ क्लबले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर वार्षिकरूपमा ‘मेयरकप साइकल दौड’ प्रतियोगितालगायतका गतिविधि गर्दै आएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २४ २०८००४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend