शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

सुजुकीले यो वर्ष भारतमा २२ लाखभन्दा बढी कार उत्पादन गर्ने

images
शुक्रबार, वैशाख २२ २०८०
images
images
सुजुकीले यो वर्ष भारतमा २२ लाखभन्दा बढी कार उत्पादन गर्ने

सुजुकीका नयाँ मोडलका कारको माग उल्लेख्य रुपमा बढेकाले कम्पनीले कार उत्पादनको लक्ष्य बढाएको हो।

images
images

काठमाडौं- भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले यो वर्ष २२ लाख कार उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ। मारुती सुजुकी जापानी सवारी उत्पादक कम्पनी सुजुकी मोटर कर्पोरेसनको बहुमत स्वामित्व भएको कम्पनी हो।

images
images
images

युटिलिटी र एसयूभी सवारीको माग बढ्दै गएको र सप्लाई चेनलगायत समस्या समाधान भएकाले मारुती सुजुकीले एफवाई २४ मा २२ लाख कार उत्पादन गर्ने लक्ष्य राखेको हो। मारुती सुजुकीले भारतका साथै भारतमा उत्पादित कार नेपालसहित विभिन्न देशमा निर्यात समेत गर्दै आएको छ।

images
images

सुजुकीका नयाँ मोडलका कारको माग उल्लेख्य रुपमा बढेकाले कम्पनीले कार उत्पादनको लक्ष्य बढाएको हो। चालु आर्थिक वर्षमा मारुती सुजुकीले आफ्नो कार उत्पादन लक्ष्यमा १२ प्रतिशतले वृद्धि गरेको हो।

images
images
images

यो वर्षका लागि लिएको कार उत्पादनको लक्ष्य पूरा भएमा जापानी कार उत्पादक सुजुकीको लगातार तेस्रो वर्ष पनि दोहोरो अंकको उत्पादन वृद्धि हुनेछ। यो सुजुकी र मारुती सुजुकीको संयुक्त लक्ष्य हो।

मारुतीको मात्र लक्ष्य भने आर्थिक वर्ष २४ मा २१ लाख कार प्लान्टबाट निकाल्ने रहेको छ। गएको वर्ष मारुती सुजुकीले भारतमा १९ लाख ६० हजार वटा कार उत्पादन गरेको थियो। यो संख्या सुजुकीले भारतबाट निर्यात गरेको २ लाख ७९ हजार वटा कारसमेत समावेश गरिएको तथ्यांक हो।

सुजुकीका कार नेपाली बजारमा पनि लोकप्रिय रहेका छन्। सुजुकीका ब्रेजा, डिजायर, स्वीफ्ट, बलेनो, अल्टोलगायत कार उपलब्ध छन्। सुजुकीको नयाँ ब्रोजा तथा ग्रान्ड भिटारा केही महिनाअघि मात्र नेपाल भित्रिएको थियो। 


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend