बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अघि बढ्यो स्मार्ट टेलिकमको मूल्यांकन, समिति गठन गर्दै प्राधिकरण

शुक्रबार, वैशाख २२ २०८०
अघि बढ्यो स्मार्ट टेलिकमको मूल्यांकन, समिति गठन गर्दै प्राधिकरण

यो समितिले मूल्यांकन गरेपछि स्मार्टको लिलामी हुने भएको छ। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लिलामी गर्ने प्रायोजनका लागि मूल्यांकन समिति गठन गर्ने भएको छ। 

लाइसेन्स नवीकरण नगरेर खारेजीमा गएको स्मार्ट टेलिकमको मूल्यांकन गर्नका लागि समिति गठनका लागि योग्यता पुगेकाहरूलाई सूचीकरणृ हुन प्राधिकरणले आव्हान गरेको छ। 

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियमत १३ मा मूल्यांकन समिति गठन गर्ने व्यवस्था रहेको छ। 

सोही व्यवस्था अनुसार मूल्यांकनका समिति गठन गर्नका लागि प्राधिकरणले इच्छुकहरूलाई सूचीकृत हुन आव्हान गरेको हो। 

यो समितिले मूल्यांकन गरेपछि स्मार्टको लिलामी हुने भएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend