बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

समाचार संकलनको क्रममा गरिएको दुर्व्यवहारको घटनाप्रति प्रविधि पत्रकार मञ्चले विरोध जनाएको छ।

काठमाडौं- समाचार संकलनको क्रममा रहेका पत्रकारमाथि सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले दुर्व्यवहार गरेका छन्। 

समाचार संकलनका क्रममा सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङको वर्कसपमा 'टेकपाना डटकम'का पत्रकारहरू हरिजंग थापा र गणेश सुवेदीमाथि सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गरेका थिए। 

समाचार संकलनको क्रममा गरिएको दुर्व्यवहारको घटनाप्रति प्रविधि पत्रकार मञ्चले विरोध जनाएको छ। 

‘प्रविधि पत्रकारहरुमाथि दुर्व्यवहार भएको घटनाप्रति प्रविधि पत्रकार मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै गरेको दुर्व्यवहारप्रति मञ्च खेद प्रकट गर्दछ’ मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सुन्दर अटो इन्जिनियरिङले विकास गर्न लागेको विद्युतीय बाइकको रिपोर्टिडको लागि आफैंले समाचार संकलन गर्न बोलाएर 'ब्याट्रीको भिडियो किन खिचेको ?' भन्दै अध्यक्ष थापाले दुर्व्यवहार गरेका थिए। 

रिपोर्टिङमा खटिएका पत्रकारहरुले उक्त कम्पनीको गोपनीयतामा असर पर्ने गरी कुनै सामग्री प्रकाशन/प्रसारण नगर्ने बताउँदा बताउँदै अध्यक्ष थापाबाट भिडियोसमेत डिलेट गर्न लगाएको टेकपना डटकमले विज्ञप्ति मार्फत् जानकारी गराएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८०१५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend