शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

महोत्तरीका विपन्न तथा सीमान्तकृत समुदायलाई निःशुल्क एलपीजी ग्यास चुल्हो र सिलिन्डर वितरण गरिने

नेपाल-भारत विकास सहकार्य कार्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
महोत्तरीका विपन्न तथा सीमान्तकृत समुदायलाई निःशुल्क एलपीजी ग्यास चुल्हो र सिलिन्डर वितरण गरिने
images
images

काठमाडौं- भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपीजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ।

images
images
images

यससम्बन्धी सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका निर्देशक सुशीला ठाकुरले हस्ताक्षर गरे।

images
images

भारत सरकारले उक्त फाउन्डेसनलाई उपलब्ध गराएको करिब रु पाँच करोड अनुदानबाट महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झण्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने कुरा सो सम्झौतामा उल्लेख छ।

images
images
images

दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास उपलब्ध गराउने उद्देश्यले भारत सरकारको ‘प्रधानमन्त्री उज्ज्वला योजना’अन्तर्गत सो अनुदान उपलब्ध गराएको हो।

सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चारसय ७८ वटा सम्पन्न भइसकेका छन्। तीमध्ये महोत्तरी जिल्लाका छवटा गरी मधेस प्रदेशमा मात्र ८१ वटा आयोजना रहेका छन्। 

यसका अतिरिक्त भारत सरकारले महोत्तरी जिल्लाका विभिन्न अस्पताल एवं स्वास्थ्यचौकीलाई २३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ। नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २१ २०८०१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend