शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

भारतबाट घटेर आउँदासमेत डिजेल, पेट्रोल र ग्यासको मूल्य घटाउन निगमको आनाकानी, उपभोक्ता महँगीको मारमा

images
बिहीबार , वैशाख २१ २०८०
images
images
भारतबाट घटेर आउँदासमेत डिजेल, पेट्रोल र ग्यासको मूल्य घटाउन निगमको आनाकानी, उपभोक्ता महँगीको मारमा

नयाँ मूल्यअनुसार पेट्रोलमा मात्रै १७ रूपैयाँ भन्दा बढी नाफा छ। डिजेलमा १८ रूपैयाँ फाइदा छ। तर पनि निगमले मूल्य समायोजन गरेको छैन। 

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहँदा र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट समेत मूल्य घटेर आइरहँदा पनि नेपाल आयल निगमले भने अझै पनि मूल्य घटाएको छैन। उपभोक्तालाई राहत हुने विषयमा सरकारले समेत ध्यान नदिँदा उपभोक्ता महँगीको मारमा परिरहेका छन्। 

images
images
images

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४‍ सय ३७ रूपैयाँ घटेर आएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ४‍‍‍.३७ रूपैयाँ र डिजेल लिटरमा ४.१६ र मट्टीतेलमा ३.४८ रूपैयाँले घटेर आएको छ। यसैगरी हवाई इन्धनमा २ रूपैयाँ ९५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रूपैयाँ घटेर आएको छ।

images
images

नयाँ मूल्यअनुसार पेट्रोलमा मात्रै १७ रूपैयाँ भन्दा बढी नाफा छ। डिजेलमा १८ रूपैयाँ फाइदा छ। मट्टितेलमा करिब ३० रूपैयाँ प्रतिलिटर फाइदा भए पनि यसको बिक्री वितरण खासै छैन। हवाई इन्धनमा भने निगमलाई प्रतिलिटर ३८ रूपैयाँ नाफा छ। यता ग्यासको घाटा पनि अब ६० रूपैयाँभन्दा छैन। तर पनि निगमले मूल्य समायोजन गरेको छैन। 

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा गत चैत्र २० गतेबाट लागु हुनेगरी निगमले पेट्रोल र डिजेलमा नयाँ खुद्रा मूल्य तोकेको थियो। निगमले डिजेलमा १० रूपैयाँ, पेट्रोलमा ३ रूपैयाँ र हवाई इन्धनमा १० रूपैयाँ घटाएर नयाँ मूल्य लागु गरेको थियो। नयाँ मूल्य सूचीअनुसार पेट्रोल १ सय ७५ रूपैयाँ, डिजेल १ सय ६५ रूपैयाँ, मट्टितेल १ सय ६५ र हवाइ इन्धन १ सय ६० रूपैयाँ तोकिएको थियो। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर अझै विगतको घाटाको बक्यौता तिर्न बाँकी रहेकोले मूल्य समायोजन नगरेको बताउँछन्। ‘अहिले मूल्य घटाउँदैनौ, विगतको बक्यौता तिर्न लागेका छौँ’, ठाकुरले भने।   

अन्तर्राष्ट्रिय मूल्य डाउन ट्रेन्डमै रहे मूल्य समायोजन हुन सक्ने भए पनि निगम व्यवस्थापन भने दायित्व भुक्तानी भएपछि मात्रै घटाउने पक्षमा देखिएको हो। मूल्य वृद्धिको चरम मारमा परेकावेला निगमले राहत दिनुको सट्टा महँगो मूल्यमा पेट्रोलियम पदार्थको मूल्य बिक्री जारी राखेको छ। 

अप्रिल मसान्तसम्म निगमले भारतीय आयल निगमलाई ६ अर्ब रूपैयाँ र सरकारलाई ६ अर्ब ३० करोड रूपैयाँ गरी कुल १२ अर्ब ३० करोड रूपैयाँ भुक्तानी दिनुपर्ने बाँकी रहेको प्रवक्ता ठाकुर बताउँछन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटेर ब्रुन्ट क्रुड आयलको मूल्य ७० डलर प्रति व्यारेलसम्म झरेको छ। 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend