बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्सका कार्डबाहक ग्राहकलाई हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
सिटिजन्सका कार्डबाहक ग्राहकलाई हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशत छुट

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाइड, पोखरास्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रालिबीच छुटसम्बन्धी समझदारी भएको छ।

सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ।

यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८०११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend