शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

एमाले सचिव टोपबहादुरका छोरालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
एमाले सचिव टोपबहादुरका छोरालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन्।

images
images

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

images
images
images

बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई बिहीबार अदालत उपस्थित गराइएको हो। शरणार्थी प्रकरणमा छानबिन तथा अनुसन्धान गर्न उनलाई ३ दिन हिरासतमा राख्न अदालतले बिहीबार अनुमति दिएको हो।

images
images

पक्राउ पुर्जी जारी भएपछि सचिव टोपबहादुर भने सम्पर्कविहीन छन्।

images
images
images

यस प्रकरणमा विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एकसय ६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ।

यसअघि सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे समातिएका छन्। गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनी पक्राउ पुर्जी जारी भएपछि आफै जिल्ला प्रहरी परिसर टेकुमा पुगेका हुन्। 

यसै प्रकरणमा प्रहरीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्‍लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो। अहिलेसम्म यस प्रकरणमा संलग्न सातजना पक्राउ परिसकेका छन्।  

राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिएका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ। यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend