शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

नेपालगञ्जमा विद्युत् कटौतीले उपभोक्ता समस्यामा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
नेपालगञ्जमा विद्युत् कटौतीले उपभोक्ता समस्यामा

विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ।

images
images

जानकी- नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्‌को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन्। दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन्।

images
images
images

विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ। नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा संघ आन्दोलनमा उत्रिने चेतावनी दिए। 'हावाहुरीका कारण कहिलेकाहीँ विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर पटकपटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ। त्यसो भइरहे हामी सहेर बस्दैनौँ', उनले भने।

images
images

प्राधिकरणको नेपालगञ्जस्थित लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख इ.हरिप्रसाद पाण्डेले यहाँ विद्युत्‌को स्रोत टनकपुरबाट मात्रै आउने भएकाले समस्या हुने गरेको बताए। आपूर्तिकै कारण हुने कटौतीमा आफूहरुले केही गर्न नसक्ने भए पनि स्थानीय वितरणमा आउने समस्या समाधानका लागि भने प्रयास गरिरहेको उनको भनाइ थियो।

images
images
images

नेपालगञ्जमा १६ र आठ एमभीएका दुईवटा गरी २४ एमभीएका ट्रान्सफर्मर रहेकामा बसपार्कमा एउटा आठ एमभीएको नयाँ ट्रान्सफर्मर जडान गरिएको प्रमुख पाण्डेले बताए। केही दिनअघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट दुईवटा फिडर पनि निकालेर विद्युत् वितरण गर्न थालिएको र यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

प्रमुख पाण्डेले यो बेलामा विकास निर्माणका कार्य भइरहने र  हावाहुरीका कारण आउने समस्याले पनि विद्युत् कटौती हुने गरेको पनि उल्लेख गरे।

वितरण केन्द्रका अनुसार अहिले कन्डक्टर तारलाई तीनबाट पाँचमा राखिएको, तारलाई छुने अन्य तार र झार काँटछाँट गरिरहेको, फेज थपिएको, ओभर लोड भएको फिडरलाई सबस्टेसनबाट अर्को फिडरमा लैजाने तयारी भइरहेको र ट्रान्सफर्मरको फ्युज जान नदिन एलटी लाइनमा एमसिबी बक्स जडान गरिएको छ।

विद्युत् लाइन निरन्तर सञ्चालन राख्नका लागि ठाउँठाउँमा डिसकनेक्सन राख्न थालिएको, सबस्टेसनमा रहेको ट्रान्सफर्मर तथा ब्रेकर मर्मत पनि गरिएको र विभिन्न ठाउँका ट्रान्सफर्मर अपग्रेड गरिएको पनि केन्द्रले जनाएको छ।

बाँकेको खजुरामा सञ्चालनमा आएको १० मेगावाट सौर्य विद्युत्‌बाट दिउँसोको समयमा भोल्टेजको समस्या हटेको छ उक्त विद्युत् दिउँसोको समयमा मात्रै उत्पादन हुने गरेको छ। रासस 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend