शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

४ लाख ८६ हजार नक्कली नोटसहित दुई जना पक्राउ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
४ लाख ८६ हजार नक्कली नोटसहित दुई जना पक्राउ 

१ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

images
images

पर्सा- चार लाख ८६ हजार नक्कली रूपैयाँसहित दुई जना पक्राउ परेका छन्। 

images
images
images

वीरगञ्ज महानगरपालिका-१६ चालिसफिटे सडकबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान नक्कली नोटसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन्।

images
images

प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको हो ।     

images
images
images

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend