शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

बाह्रबिसेमा ४०० केभी सबस्टेसन निर्माणका लागि थप जग्गा अधिग्रहण हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
images
बाह्रबिसेमा ४०० केभी सबस्टेसन निर्माणका लागि थप जग्गा अधिग्रहण हुँदै
images
images

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसेमा ४०० केभी सबस्टेसनका लागि जग्गा अपुग भएपछि थप जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ। 

images
images
images

खिम्ती-बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारणलाइनअन्तर्गत बाह्रबिसे नगरपालिका-४ बेतेमा सबस्टेसन निर्माण गर्न लागिएको हो। सबस्टेसनका लागि केही जग्गा अपुग भएपछि थप जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले सूचना सार्वजनिक गरी जानकारी गराएको हो।

images
images

११ जना व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको प्रशासनले जनाएको छ।

images
images
images

१५ दिनभित्र  सरोकारवाला व्यक्तिहरुलाई मुआब्जा दाबी गर्न रितपूर्वक निवेदन दिन आग्रह गरिएको छ। तोकिएको म्यादभित्र निवेदन नदिएमा पछि कुनै उजुर बाजुर नलाग्ने उल्लेख छ।


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend