शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प 

images
बिहीबार , वैशाख २१ २०८०
images
images
गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प 

सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका थिए।  

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका  उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ। 

images
images
images

आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेज मार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प बैशाख १६ देखि १८ सम्म भएको थियो। नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कुटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर  पनि प्रधान गरिएको थियो। 

images
images

सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका थिए।  

images
images
images

क्याम्पमा ८० जनाभन्दा धेरै सहभागी भएको कम्पनीले जानेको छ। क्याम्पको बारे प्रतिक्रिया दिँदै  सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता थियो। उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएको र आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न प्रेरणा मिलेको उनको भनाइ थियो। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ क्षत्रमा विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend