शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

हिउँमा जोखिम मोल्दै विकासे योजनाको अनुगमन र सेवा प्रदान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
हिउँमा जोखिम मोल्दै विकासे योजनाको अनुगमन र सेवा प्रदान

आजमात्र दुई कर्मचारी हिमपातमा काम गरेकै कारण बिरामी भएका छन्।

images
images

जाजरकोट- उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ। विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन्। शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमन हिमपात जारी रहदा पनि चालु राखेको छ।

images
images
images

पालिकाभित्र आगामी आर्थिक वर्षका लागि बस्तीस्तरबाटै योजना छनोट तथा तर्जुमाका कामसमेत हिमपातसँगै चलिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपानेले बताए। 'हिउँ परे पनि काम गर्नुपर्ने बाध्यता छ', उनले भने, 'जीवन जोखिममा पारेर भए पनि काम गर्नुपर्ने बाध्यता छ।'

images
images

उनका अनुसार आजमात्र दुई कर्मचारी हिमपातमा काम गरेकै कारण बिरामी भएका छन्। अक्सिजनको मात्रा अत्यन्तै कम हुने भएकाले काम गर्न गाह्रो छ। एक बस्तीबाट अर्को बस्तीमा जान र आउन हिमाल नै पार गर्नुपर्ने भएकाले पनि मुस्किल हुने गरेको छ। गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा एक टोली परिचालन भएको छ, भने अर्को टोली उपाध्यक्ष पेम्मा वाङछेन गुरुङको नेतृत्वमा परिचालित भएर काम गरिरहेको अधिकृत न्यौपानेले बताए।

images
images
images

पालिकाभित्रका सबै ठाउँमा स्वास्थ्य शिविर, पञ्जीकरण सम्बन्धीकाम, योजनाको सार्वजानिक सुनुवाइ र  विद्यालय अनुगमनका काम भइरहेको बताइएको छ। जाडो याममा हुन नसकेका सम्पूर्ण काम यही बेला गरिरहेको उनले उल्लेख गरे। यातायातको पहुँच नभएका कारण यहाँका सबै ठाउँमा हिँडेर जानुपर्ने अर्को बाध्यता छ।

काममा खटिएका कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई फोन सम्पर्कसम्म गर्न मुस्किल भएको छ। काम गर्दागर्दै सिकिस्त बिरामी भएमा हेलिकोप्टरबाटसमेत उद्धार हुने गरेको छ। छरिरहेको साना-साना गाउँ भएकाले सबै ठाउँमा सेवा दिनका लागि बस्तीमा पुग्दा मुस्किल भएको अधिकृत न्यौपानेको भनाइ थियो।

दुईदिनदेखि अधिकांश कर्मचारी र जनप्रतिनिधिसँग सञ्चार सम्पर्क नभएको पनि उनले बताए। लगातार हिमपातका कारण बाटो पुरिएकाले तोकिएको ठाउँमा जान समस्या भएको छ। गर्मी तथा चिसो मौसममा एकै खालको वातावरण हुँदा दैनिक यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। पालिकाको समग्र सेवाको प्रभाव वा गुनासा सुन्न गाउँ बस्तीमा पुग्नका लागि फलामको चिउरा चपाएझैँ भएको पालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए। पाँच हजार ६०० मिटर उचाइको कङ्लापास हिमाल पार गर्न नसक्दा केही समस्य आएको अध्यक्ष गुरुङले बताए।

कस्तो शे फोक्सुण्डो गाउँपालिका?

साविकका साल्दाङ, भिजेर र शेफोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शेफोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभूमिसँग जोडिएको छ। साल्दाङ भू-भागस्थित ऐतिहासिक तथा धार्मिकस्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँस्थित पर्यटकीयस्थल शेफोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

शेफोक्सुण्डो गाउँपालिका २९ डिग्री २० मिनेट ० सेकेण्डदेखि २९ डिग्री ५१ मिनेट ० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ५९ मिनेट ० सेकेण्डदेखि ८३ डिग्री ०९ मिनेट ० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ। समुद्री सतहदेखि करिब दुई हजार तीसयदेखि सातहजार चारसय २५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको  पूर्वमा डोल्पो बुद्ध गाउँपालिका, दक्षिणमा त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र काईके गाउँपालिका र पश्चिममा जगदुल्ला गाउँपालिका र मुगु जिल्ला पर्छन् भने उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको भूभाग अवस्थित छ। 

उच्च हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भू-भाग हिमाल र डाँडापाखा र समथर घाँसे मैदान छ। शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्र उच्च हिमाल र सुख्खा क्षेत्र रहेको छ। यहाँ ठूलाठूला रुख र बोटबिरुवा नहुने भएकाले यस क्षेत्रमा अक्सिजन न्यून हुनाका साथै बर्षात्‌को कारण रापा, नाम्दो, किरथाङ, साल्दाङ, तिलिङ, निजाललगायत कटान भएका क्षेत्र भएकाले उक्त क्षेत्रका उब्जाउ हुने भू-भाग बगरमा  परिणत हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८०११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend