शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

जमुनाहा नाका दुई दिन बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
जमुनाहा नाका दुई दिन बन्द

भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले नाका बन्द भएको हो।

images
images

नेपालगञ्ज- नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ।

images
images
images

यही बैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए।

images
images

उनले त्यसक्रममा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन बाहेक अन्यको हकमा आवतजावत बन्द रहने बताए। निर्वाचनका बेला हुनसक्ने आपाराधिक घटनालाई लक्षित गरेर दुवै देशले सीमा बन्द गर्दै आएका छन्।

images
images
images

यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित सुरक्षाकर्मीको टोली दुई पक्षीय बैठकका लागि भारत गएको थियो। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८०१०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend