बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अफगानिस्तानबाट ३२ नेपाली स्वदेश फर्काइयो

शनिबार, कात्तिक १३ २०७८
अफगानिस्तानबाट ३२ नेपाली स्वदेश फर्काइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिक अब नरहेको बताएका हुन्।

काठमाडौं- सरकारले अफगानिस्तानमा रहेका ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ। 

शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका छन्। योसँगै अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको काम सकिएको मन्त्रालयले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिक अब नरहेको बताएका हुन्।

‘आज ३२ जना नेपाली आउनु भएको छ। यसपछि अब चाहीँ उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ। त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टममा रहनु भएको छ। आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो’ उनले भने।

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो।


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend