शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी
images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि तानिएका छन्। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

images
images
images

शरणार्थी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो।

images
images

यसअघि सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे समातिएका छन्। गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनी पक्राउ पुर्जी जारी भएपछि आफै जिल्ला प्रहरी परिसर टेकुमा पुगेका हुन्। 

images
images
images

यसै प्रकरणमा प्रहरीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्‍लाहकार डा। इन्द्रजित राईलाई पक्राउ गरेको थियो। अहिलेसम्म यस प्रकरणमा संलग्न सातजना पक्राउ परिसकेका छन्।  

राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिएका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ। यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख २० २०८००९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend