शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : समातिए सचिव टेक नारायण पाण्डे

images
बुधबार, वैशाख २० २०८०
images
images
नक्कली भुटानी शरणार्थी प्रकरण : समातिए सचिव टेक नारायण पाण्डे

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे समातिएका छन्। गृह मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनी पक्राउ पुर्जी जारी भएपछि आफै जिल्ला प्रहरी परिसर टेकुमा पुगेका हुन्। 

images
images
images

यसै प्रकरणमा प्रहरीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्‍लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो। अहिलेसम्म यस प्रकरणमा संलग्न सातजना पक्राउ परिसकेका छन्।  

images
images

राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिएका छन्।

images
images
images

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न अन्यलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ। यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख २० २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend