बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त

बुधबार, वैशाख २० २०८०
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त

काठमाडौं- सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीको अवकाशपछि पद रिक्त रहेको थियो। सोही पदमा सरकारले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

'मन्त्रिपरिषद्‍को बैठकले सिफारिस भएका तीनजना मध्येबाट ढकाललाई ४ वर्षका लागि कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो' एक मन्त्रीले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले रिक्त रहेको उक्त पदका लागि फागुन १४ गते दरखास्त आह्‍वान गरेको थियो। जसमा २१ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये कार्यकारी निर्देशक नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषदमा पेस भएको थियो। सिफारिसमा ढकाल, डा. सूर्यकुमार सापकोटा र डा. किरण गौतम परेका थिए।


प्रकाशित : बुधबार, वैशाख २० २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend