शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट ११ जना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो। 

images
images

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध भएको छ। आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट ११ जना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो। 

images
images
images

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन्। दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका-५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए। स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन्। घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

images
images

घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरक्षिक मोहनबहादुर खाणले जानकारी दिए। ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहेका नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए। 'घुम्तीमा एक्काीस ट्रले आएरु ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्,' अधिकारीले भने।

images
images
images

ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय इश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८००७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend