शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

दार्चुला हिमपहिरोमा बेपत्ता दुई महिलासहित तीन जनाको शव भेटियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
दार्चुला हिमपहिरोमा बेपत्ता दुई महिलासहित तीन जनाको शव भेटियो
फाइल तस्बिर

शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन।

images
images

महेन्द्रनगर- दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको छ। मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए।

images
images
images

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए। 'शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ', उनले भने, 'शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन।'

images
images

मंगललबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। 'हिजो पनि राति ९:३० बजेसम्म खोजीमा जुट्यौँ', उनले भने, 'आज पनि बिहानबाट टोली खटिएको छ।'

images
images
images

उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरु त्रिपालमा बसिरहेका थिए। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८००७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend