बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एसिया कपमा पुगेको क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ६ लाख रूपैयाँ दिने

बुधबार, वैशाख २० २०८०
एसिया कपमा पुगेको क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ६ लाख रूपैयाँ दिने

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय

काठमाडौं- एसीसी प्रिमियर कप जितेर एसिया कपमा पुग्न सफल क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ६ लाख रूपैयाँ पुरस्कार दिने भएको छ।

मन्त्रिपरिषद्‍ बैठकमार्फत खेलाडीलाई ६ लाख र अफिसियललाई ३ लाख रूपैयाँ पुरस्कार दिने निर्णय भएको हो। 

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको छ।

 

 


प्रकाशित : बुधबार, वैशाख २० २०८००७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend