शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

दार्चुला हिमपहिरो : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
दार्चुला हिमपहिरो : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
फाइल तस्बिर

र्षा र हिमपातका कारण यार्सागुम्बा संकलन प्रभावित बनेको छ। संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए।

images
images

खलंगा- दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।

images
images
images

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन्। दुवैजना आमाछोरा हुन्।

images
images

यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन्।

images
images
images

गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताए। 'रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ', उनले भने 'हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ।'

मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए। केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए। डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घट्नास्थलमा पुगेको थियो। वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो। 

'घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन', डिएसपी भट्टले भने। हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा संकलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताए।  

वर्षा र हिमपातका कारण यार्सागुम्बा संकलन प्रभावित बनेको छ। संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए। उनीहरू यार्सागुम्बा संकलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए। यार्सागुम्बा संकलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए। रासस


प्रकाशित : बुधबार, वैशाख २० २०८००४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend