शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

विश्व बैंक, एडीबी र आईएमएफको अनुमानभन्दा तीव्र दरमा संकुचित हुँदै नेपाली अर्थतन्त्र 

images
मंगलबार, वैशाख १९ २०८०
images
images
विश्व बैंक, एडीबी र आईएमएफको अनुमानभन्दा तीव्र दरमा संकुचित हुँदै नेपाली अर्थतन्त्र 

चालु आर्थिक वर्षको छ महिनासम्म भएको आयातमा कडाइ, विश्वव्यापी मूल्यवृद्धि तथा अन्य आन्तरिक बजारको सुस्तताको असर आर्थिक वृद्धिदर देखिने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले प्रक्षेपण गरेका थिए। 

images
images

काठमाठौं- बहुपक्षीय वित्तीय संस्थाहरूले प्रक्षेपण गरेकोभन्दा तीव्र गतीमा नेपाली अर्थतन्त्र संकुचित हुने देखिएको छ। 

images
images
images

विश्व बैंक,एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेभन्दा पनि उच्च दरमा नेपाली अर्थतन्त्र संकुचित हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। 

images
images

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै २.१६ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ। यो अन्तर्राष्ट्रिय संस्थाहरूले यसअघि गरेकोभन्दा पनि न्यून वृद्धिदर हो। 

images
images
images

यसअघिका वर्षहरूमा यस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले तत्कालीन तथ्यांक विभाग र अहिलेको कार्यालयको भन्दा न्यून अनुमान गर्दै आएका थिए। तर योपालि फरक भएको कार्यालयको तथ्यांक निर्देशक इश्वरी भण्डारीले बताए। 

यसअघि एडीबीले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गररेको थियो। त्यस्तै विश्व बैंकले ४.१ र  अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो। 

चालु आर्थिक वर्षको छ महिनासम्म भएको आयातमा कडाइ, विश्वव्यापी मूल्यवृद्धि तथा अन्य आन्तरिक बजारको सुस्तताको असर आर्थिक वृद्धिदर देखिने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले प्रक्षेपन गरेका थिए। 

यद्यपि आगामी आर्थिक वर्षमा भने अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको छ। विश्व बैंकले पर्यटनमा भइरहेको विस्तार तथा खुकुलो हुनसक्ने मौद्रिक नीतिको प्रभाव आगामी वर्ष देखिने छ। 


प्रकाशित : मंगलबार, वैशाख १९ २०८०१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend