शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

जीडीपीमा २ तिहाइ हिस्सा भएको सेवा क्षेत्रको वृद्धिदर तीन वर्षकै न्यून, कुन क्षेत्रको अवस्था के छ? 

कृषिमा सुधार,  उत्पादनमूलक क्षेत्र संकुचित

images
मंगलबार, वैशाख १९ २०८०
images
images
जीडीपीमा २ तिहाइ हिस्सा भएको सेवा क्षेत्रको वृद्धिदर तीन वर्षकै न्यून, कुन क्षेत्रको अवस्था के छ? 

गएका तीन वर्षमा कृषिभन्दा गैरकृषि क्षेत्रको वृद्धिदर तीव्र भएपनि यो वर्ष कृषि क्षेत्रको वृद्धिदर उच्च देखिएको छ। 

images
images

काठमाडौं- कुल गार्हस्थ उत्पादन (जीडीपीमा) दुई तिहाई हिस्सा रहेको सेवा क्षेत्रको वृद्धिदर पछिल्ला तीन वर्षकै न्यून हुने अनुमान गरिएको छ। 

images
images
images

राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामान प्रक्षेपन अनुसार यो वर्ष सेवा क्षेत्रको वृद्धिदर २.३३ प्रतिशत हुने अनुमान गरिएको छ। 

images
images

थोक तथा खुद्रा व्यापार, अवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोवार, पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू यो वर्गमा समेटिन्छन्। 

images
images
images

सेवा क्षेत्रको हिस्सा जीडीपीमा ६२.४ प्रतिशत पुग्ने अनुमान कार्यालयले गरेको छ। गत वर्ष यो क्षेत्रको  ६१.२ प्रतिशत थियो। 

आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरुमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आवको तुलनामा कमि भएको कार्यालयको विश्लेषण छ। 

सेवा क्षेत्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार यो वर्ष ऋणात्मक हुने प्रक्षेपन गरिएको छ। आयात प्रतिबन्ध तथा खुम्चिँदो मागका कारणले गर्दा खुम्चिएको हो। यही कारणले समग्र सेवा क्षेत्र प्रभावित भएको छ।

सेवा क्षेत्रको विस्तार तीव्र रहेपनि यसअघि २०७६/७७ मा ऋणात्मक भएको थियो। त्यसपछि उच्च लयमा देखिएपनि यो वर्ष फेरि खुम्चिएको छ। 

त्यस्तै प्राथमिक क्षेत्र पनि भनिने कृषि तथा वन क्षेत्रको भने यो वर्ष सन्तोषजनक वृद्धिदर कायम भएको छ। सेवा क्षेत्र ऋणात्मक भएको बाहेक अरु वर्षमा न्यून वृद्धिदर हुने कृषि क्षेत्र यो वर्ष भने उच्च दरले विस्तार भएको छ। 

गएका तीन वर्षमा कृषिभन्दा गैरकृषि क्षेत्रको वृद्धिदर तीव्र भएपनि यो वर्ष कृषि क्षेत्रको वृद्धिदर उच्च देखिएको छ। 

कुन क्षेत्रको हिस्सा कति? 

Screenshot 2023-05-02 at 17.37.53.png


प्रकाशित : मंगलबार, वैशाख १९ २०८०१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend