शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

डिजिटल नेपालको लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि अध्यक्ष ढकालको आह्वान

images
मंगलबार, वैशाख १९ २०८०
images
images
डिजिटल नेपालको लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि अध्यक्ष ढकालको आह्वान

सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक रहेको भनाइ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिइ डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गरेका छन्। 

images
images
images

'राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२३' का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडी बढिसकेकाले थप सहजीकरण गर्न सरकारसंग आग्रह गरेका हुन्।

images
images

डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता छ। सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र  प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ। सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा संचार प्रविधि विकास समिति गठन गरेको पनि अध्यक्ष ढकालले बताए।

सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले  निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ  समाधान गर्न पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे। 

सूचना प्रविधिको उपयोगबाट बढि भन्दा बढि फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाइ मान्यता दिइ प्रयोगमा ल्याउन, कर, व्याजदर लगायतमा सुबिधा दिएर सूचना प्रविधि हवको बिकासमा सघाउन पनि अध्यक्ष ढकालले सरकारसंग आग्रह गरे। 

प्रविधिबाट कोही वञ्चित नहोस् भन्ने मान्यतामा दृढ रहँदै डिजिटल डिभाइड कम गर्न सूचना तथा संचार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने प्रयासमा सबै क्षेत्रले योगदान गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन्। 


प्रकाशित : मंगलबार, वैशाख १९ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend