बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

४ अर्ब लगानीमा वार्षिक ८० लाख स्क्वायर मिटर टायल उत्पादन गर्नेगरी उद्योग दर्ता, को हुन् मालिक?

मंगलबार, वैशाख १९ २०८०
४ अर्ब लगानीमा वार्षिक ८० लाख स्क्वायर मिटर टायल उत्पादन गर्नेगरी उद्योग दर्ता, को हुन् मालिक?

काठमाडौं- टायल उत्पादन उद्योगमा व्यवसायी घराना प्रवेश गर्न थालेका छन्। सतप्रतिशत नै आयात भइरहेको टायल पछिल्लो समय नेपालमा पनि उत्पादन सुरु भइसकेको छ।

टायल उद्योगमा लगानी आकर्षण बढ्दो छ। चालु आवको १० महिना नबित्दै ४ टायल उद्योगमा १० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ। 

नेपाली बजारमा भारतबाट आयात हुँदै आएको कजरिया टायल नेपालमै उत्पादन हुनेगरी उद्योग दर्ता भएको छ। कजारीया रमेश टायल्स लिमिटेड उद्योग विभागमा दर्ता भएको छ।

नवलपरासी जिल्ला, बर्दघाट नगरपालिका वडा नम्बर १२ मा उद्योग स्थापना हुने गरी उद्योग विभागमा दर्ता भएको छ। ४ अर्बको लगानीमा वार्षिक ८० लाख स्क्वायर मिटर टायल उत्पादन गर्ने गरी उद्योगमा दर्ता भएको छ।

उद्योग विभागमा भर्खरै दर्ता भए पनि सन् २०२३ भित्रै नेपालमा टायल उत्पादन गर्ने गरी कम्पनीले काम धेरै अगाडिदेखि नै गर्दै आएको छ।

उद्योगले फ्लोर र वाल टायल उत्पादन गर्ने छ। उद्योगमा ५ सय १५ जनाले रोजगारी पाउने छन भने उद्योगले ४ हजार केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

उद्योगमा ५० प्रतिशत नेपाली लगानी र ५० प्रतिशत विदेशी लगानी रहने विवरणमा उल्लेख छ। उद्योगमा  रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानी रहने छ।  भैरहवामा १० विघा जग्गामा उद्योगको प्लान्ट निर्माण भइरहेको रमेश कर्पले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend