शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

पृथ्वी राजमार्ग खुल्न अझै केही समय लाग्ने, यस्तो छ वैकल्पिक बाटो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १९ २०८०
images
images
पृथ्वी राजमार्ग खुल्न अझै केही समय लाग्ने, यस्तो छ वैकल्पिक बाटो

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ। यात्रु अलपत्रमा परेका छन्।

images
images

धादिङ- पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घण्टा लाग्ने भएको छ।भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ। यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन्।

images
images
images

सोमबार दिउँसोदेखि अवरुद्ध  बाटो तत्काल खुलाउन सकिने अवस्था छैन। काम भइरहेकाले कम्तीमा चार-पाँच घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

images
images

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ। यात्रु अलपत्रमा परेका छन्। पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन्। धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन्।

images
images
images

धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो। पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो। सोमबार दिउँसो केही समय परेको पानीले पुलको मुनि लगाइएको पर्खाल भासिएको छ।

यस्तो छ वैकल्पिक स्थानीय बाटो

काठमाडौंतर्फ जानेले पाँच किला भन्ने ठाउँबाट फोगटपुर-बाइरोड सडक हुँदै काठमाडौं पुग्न सक्छन्। जुङ्गेखोला भन्ने ठाउँबाट बाइरोड निस्कन पनि सकिन्छ। सातकिला-बाइरोड, आठकिला-चिउरीपार्टी हुँदै धार्के र काठमाडौंबाट गल्छीतर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न सकिने छ।

त्यस्तै धादिङ, नुवाकोट र रसुवा जिल्लाबाट काठमाडौं भित्रने र बाहिरिनेहरूले नुवाकोटको त्रिशूलीबाट छहरे ढिकुरेको बाटो प्रयोग गर्न सकिन्छ। पूर्व-पश्चिमबाट काठमाडौं आउजाउ गर्ने सवारीले हेटौँडा हुँदै दामन पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सकिन्छ।

त्यस्तै हेटौँटाबाट भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङ निस्किएर काठमाडौं पुग्न सकिन्छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend