बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विभिन्न संस्थाहरुसँग सहकार्य बढाउँदै डिजी पे, टार्गेट पूरा गरे मासिक ५ लाखसम्म कमाउन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
विभिन्न संस्थाहरुसँग सहकार्य बढाउँदै डिजी पे, टार्गेट पूरा गरे मासिक ५ लाखसम्म कमाउन सकिने

काठमाडौं- मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले विभिन्न संस्थाहरुसँग सहकार्य अघि बढाएको छ।

डिजी पेले स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रेन्चाइज सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ। फ्रेन्चाइजीहरुको मुख्य कार्य व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु हो।

यसका लागी डिजी पेले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको छ। यस योजनाअन्तर्गत फ्रेन्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको टार्गेट पूरा भएको अवस्थामा प्रतिमहिना ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुर पाण्डेले जानकारी बताए।

डिजी पेमा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुुनाफा आर्जन गर्न सक्नेछन्। आबद्ध हुँदा ५ सय टपअप र सेवा शुल्कमा छुट, नेपालकै नम्बर एक न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युुज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको ८ सय २५ को दुईवटा ओपीडी टिकटका साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट सुविधा प्राप्त गर्न सकिने जनाइएको छ।

डिजी पेमा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुन सक्ने छन्। भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ।
 
यस व्यवसाय आबद्ध योजनाअन्तर्गत व्यवसायीहरूले निम्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् :

१. टपअप र सेवा शुल्कमा छुट

डिजी पेको सौजन्य पाँचसय आफ्नो डिजी पे मोबाइल एपमा नि:शुल्क टपअप गरी सो बराबरको २५ हजारसम्मको कारोबार शून्य प्रतिशत सेवा शुल्कमा गर्नुहोस्। 

२. अब टीभीमा विज्ञापन सबैका लागि 

न्युज टेलिभिजन च्यानल एबीसीमार्फत विशेष सहुलियतमा २ महिनासम्म एक लाख ५० हजार रूपैयाँ बराबरको विज्ञापन टेलिभिजनमार्फत प्रसारण गर्नुहोस्। 

३. व्यवसायी स्वास्थ्य कवच 

ललितपुर सानेपास्थित स्टार हस्पिटलको सौजन्य ८ सय २५ को दुईवटा गरी १ हजार ६५० रूपैयाँ बराबर ओपीडी टिकटका साथै बेड तथा स्वास्थ्य परीक्षणमा १०५ र औषधि खरिदमा ५५ सम्मको छुट पाउनुहोस्। 

४. राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन 

द नेपालटप राष्ट्रिय दैनिक पत्रिकाको सौजन्य वार्षिक ग्राहकमा ५ सय ५ तथा वर्गीकृत विज्ञापनमा ७ सय ५५ छुट र ६० सीसी कलर विज्ञापन मात्र १५ हजार रूपैयाँमा गर्नुहोस् र अझै मुनाफा कमाउनुहोस्। 

५. साेसल मिडिया कन्टेन्ट क्रियशन

सामाजिक सञ्जालमा अहिले चलेको २५ हजारभन्दा बढी पर्ने रिल्स एण्ड सर्टस् भिडियो विनभ क्रियशनको सौजन्य मात्र १५ हजारमा बनाउनुहोस्।


प्रकाशित : आइतबार, वैशाख १७ २०८०११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend