सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

चालु वर्षको दोस्रो त्रैमासमा ऋणात्मक भयो आर्थिक वृद्धिदर

images
शनिबार, वैशाख १६ २०८०
images
चालु वर्षको दोस्रो त्रैमासमा ऋणात्मक भयो आर्थिक वृद्धिदर

त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा  दोस्रोमा ०.७ प्रतिशतले ऋणात्मक भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ उत्पादनको त्रैमासिक प्रक्षेपणअनुसार चालु वर्षको दोस्रो त्रैमासमा गत वर्षको यही त्रैमासको तुलनामा १.१ प्रतिशतले ऋणात्मक भएको छ। 

images
images
images

पहिलो त्रैमासमा वृद्धिदर शून्यमा झरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र गत वर्षको पहिलो त्रैमासको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको थियो। 

images
images

दोस्रो त्रैमासमा भने अर्थतन्त्र ऋणात्मक भएको हो। गत वर्षको दोस्रो त्रैमासमा ३.२ प्रतिशतको वृद्धिदर रहेको थियो। 

images
images

गत वर्षदेखि नै अर्थतन्त्रमा दबाब देखिएको थियो। त्यसको असर यो वर्षमा समेत रहेको छ। कर्जा विस्तार अवरुद्ध भइरहेको छ भने माग घट्दा व्यापारमा समेत समस्या देखिएको छ। 

निर्माण, व्यापार तथा अन्य उत्पादन क्षेत्र पनि यो त्रैमासमा ऋणात्मक भएका छन्। खानी उत्खनन् क्षेत्र १ प्रतिशतले ऋणत्मक भएको छ, उत्पादनमूलक क्षेत्र ४ प्रतिशतले र निर्माण क्षेत्र २ प्रतिशतले ऋणात्मक भएको छ। त्यस्तै सबैभन्दा व्यापार क्षेत्र ९ प्रतिशतले ऋणात्मक भएको छ। 

आयात प्रतिबन्ध तथा औपचारिक व्यापार संकुचित हुँदा बजारमा व्यापार प्रभावित भएको छ। त्यस्तै उपभोग घट्दा व्यापारमा नकारात्मक असर देखिएको छ। यातायात तथा भण्डारण क्षेत्र पनि ऋणात्मक भएको छ। 

कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत कायम भएको छ भने अन्य सेवा क्षेत्रको उत्पादन पनि ऋणात्मक भएको छैन। 

गत आर्थिक वर्षका चारवटै त्रैमासमा कुल गार्हस्थ उत्पादन सकारात्मक रहेको थियो। पहिलो त्रैमासमा ३ प्रतिशतले बढेको अर्थतन्त्र अन्तिम त्रैमासमा ९ प्रतिशतको वृद्धि देखिएको थियो। तर यो वर्षको सुरुमै ०.८ प्रतिशतको वृद्धिदर देखिएपनि दोस्रोमा ऋणात्मक भएको छ। 

२०७७/७८ को पहिलो त्रैमासमा ०.९ प्रतिशतले ऋणात्मक भएको थियो। त्यसयता यो गर्षको दोस्रो त्रैमासमा ऋणात्मक भएको छ। 

चालु वर्षको सुरूदेखि नै बजारमा प्राय सबै क्षेत्र प्रभावित भएका छन्। बैंक तथा वित्तीय संस्थाको सेवा बाहेक अन्य सबै क्षेत्रमा मन्दीको संकेत देखिएको थियो। यसको प्रभाव सरकारी राजस्व संकलनमा देखिएको छ। 

यो वर्ष राजस्व नै ऋणात्मक भएपछि सरकारले साढे २ खर्बले बजेट अनुमान संशोधन गरिसकेको छ। वर्षको अन्तिमसम्म राजस्वलाई ऋणात्मक हुनबाट जोगिन अर्थ प्रशासनलाई कठिन देखिएको छ।

त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा  दोस्रोमा ०.७ प्रतिशतले ऋणात्मक भएको छ। 


प्रकाशित : शनिबार, वैशाख १६ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend