शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

किवि खेती गर्ने किसानलाई अनुदानमा 'किवि टी-वार'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १४ २०८०
किवि खेती गर्ने किसानलाई अनुदानमा 'किवि टी-वार'

सिन्धुपाल्चोक- लिसङ्खुपाखर गाउँपालिकाकाले किवि किसानलाई किवि टी-वार वितरण गरिएको छ।

पालिकाको आर्थिक वर्ष २०७९/८० मा स्वीकृत  कार्यक्रम अन्तर्गत  गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ जना किवि खेती गर्ने किसानलाई किवि टी-वार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले जानकारी दिए।

किविलाई थाङक्रोका रुपमा प्रयोग हुने किवी टी-वार हिजो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्टले किसानलाई हस्तान्तरण गरे। विष्टले पालिकाको किवि खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा किवि टी-वार वितरण गरिएको जानकारी दिए।

गाउँपालिकाले किसानसँग प्रत्यक्ष जोडिएर किवी र आलुलाई विशेष प्राथमिकतामा राखेर लगानी गरेको उनको भनाइ छ। वडाअध्यक्ष भक्तलाल शाक्यले गाउँपालिकाले अनुदान दिएको सामग्रीलाई सही सदुपयोग गर्न आग्रह गरे।
 
गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष नेपालका अनुसार लिसङ्खुपाखरमा एक सयभन्दा बढी किसान किवि खेतीमा संलग्न छन्। जसमध्ये निम्न आय भएका किसानलाई प्राथमिकतामा राखी तीन सय आठ किवि टी-वार वितरण गरिएको हो। 

उनका अनुसार फलामको टी-वार प्रतिगोटा ढुवानी समेत गरेर दुई हजार पाँच सय रूपैयाँमा गाउँपालिकाले खरिद गरेको हो। किसानले अब एक हजार दुई सय ५० मै पाउने छन्। अन्य किसानलाई पनि क्रमशः टी-वार वितरण गरिने कृषि शाखा प्रमुख नेपालले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend