काठमाडौं- एभरेष्ट बैंकले गएको आर्थिक वर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको नाफाबाट चुक्ता पुँजीको ४.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। त्यस्तै ६ प्रतिशत सेयर लाभांस दिने निर्ण समितिले गरेको छ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुनेछ।