शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

अघिल्लो बुलको हट केक एभरेष्ट बैंक यस पटक किन परेन लगानीकर्ताको रोजाइमा, यस वर्ष कति देला लाभांश?

images
शुक्रबार, कात्तिक १२ २०७८
images
अघिल्लो बुलको हट केक एभरेष्ट बैंक यस पटक किन परेन लगानीकर्ताको रोजाइमा, यस वर्ष कति देला लाभांश?

यस वर्ष बैंकले पूँजी बढाउने रणनीति लियो भने २५ प्रतिशत भन्दा माथि बोनश सेयर दिन सक्ने सम्भावना पनि उत्तीकै छ।

images
images

काठमाडौं-अघिल्ला बुलमा हट केकको रुपमा रहदै आएको एभरेष्ट बैंक यस पटकको बुलमा लगानीकर्ताको रोजाइमा देखिदैन। नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि योजना ल्याए सँगै हरेक वर्ष सर्वाधिक कारोबारको सूचिमा पर्दै आएको बैंक यस आर्थिक वर्षमा ६७ औ नम्बरमा छन्। 

images
images
images

सर्वाधिक कारोबार हुने ६७ औ नम्बरमा हुँदै गर्दा यस अवधिमा जम्मा तीन अर्ब १६ करोड रुपैयाँको मात्रै खरिद बिक्री भएको छ। जवकी यस अवधिमा सर्वाधिक कारोबार भएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको मात्रै २३ अर्ब २६ करोड रुपैयाँको खरिद बिक्री भइसकेको छ। 

images
images

बैंकको सेयर मूल्यमा खासै उतारचढाव पनि देखिदैन। अघिल्लो बुलमा प्रतिसेयर ३८ सय रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य अहिलेको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै छ। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८६४ रुपैयाँ रहेको छ भने न्युनतम ६३८ रुपैयाँ रहेको छ। कारोबारमा उचारचढाव नएकाले पनि लगानीकर्ताको आकर्षण नदेखिएको हो। 
किन देखिएन आकर्षण

images
images

पूँजी बृद्धि योजना पछि बैंकको प्रतिसेयर आम्दानी घटेको छ। साथै लाभांश दरमा पनि भारी गिरावट भएको छ। प्रतिसेयर आम्दानीको असर बैंकले दिने लाभांशमा प्रत्यक्ष असर गरेको हो। आर्थिक वर्ष २०७२/७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले गत आर्थिक वर्षमा १०.५३ प्रतिशतमा टार्यो। यसले गर्दा पनि सेयरधनीहरुको आकर्षण नदेखिएको हो। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ। गत आर्थिक वर्षको वित्तीय विवरण हेर्ने हो भने गत वर्षकै मुनाफाबाट लाभांश दिन सक्ने क्षमता २६ रुपैयाँ छ। गत वर्ष नेपाल राष्ट्र बैंकले नगद लाभांशलाई डिस्करेज गरेकाले बैंकले सर्वाधिक कम १०.५३ प्रतिशत मात्रै दियो। त्यसैले गर्दा अहिलेसम्म पनि बैंकको सेयरमा खासै उछाल छैन। 

यस वर्ष बैंकले उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको छ। भारतको पञ्जाव नेशनल बैंकको प्रमुख सेयरधनी रहेको बैंकको रणनीतिक व्यवस्थापन पञ्जाव नेशनलले नै गर्छ। बैंकले अन्य बैंकहरु सँग पहिलाको जस्तै गरी प्रतिस्पर्धा गर्न सकेको छैन। त्यसले गर्दा पनि वित्तीय अवस्थामा अन्य कम्पनीलाई उछिन्न नसकेको हो। 

यस वर्ष के होला 

बैंकले गत वर्ष क्षमता भन्दा धेरै कम लाभांश दिएका कारण बैंकको जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ। जवकी बैंकको चुक्ता पूँजी ८ अर्ब ९३ करोड रुपैयाँ मात्रै छ। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि नगद लाभांशलाई प्रोत्साहन गरेको छैन। बोनश सेयरलाई मात्रै प्राथमिकता दिन अनुरोध गर्दै आएको हुँदा बैंकले यस वर्ष राम्रो बोनश सेयर दिन सक्ने देखिन्छ। तुलनात्मक रुपमा बैंकको चुक्ता पूँजी अन्य बैंकहरुको भन्दा कम छ। 

विदेशी बैंकको लगानी भएकाले बैंकले बोनस सेयरलाई खासै रुचाउदैन। अर्को तर्फ यस बैंकले अन्य बैंकहरुको जस्तै पूँजीबृद्धिलाई खासै जोड नदिने भएकाले आकर्षक लाभांश दिन नसक्ने विश्लेषकहरु बताउछन्। बैंकले यस वर्ष पनि थोरै पूँजी बढाउने र अर्को वर्ष मात्रै नगदलाई जोड दिन सक्ने कतिपयको विश्लेषण छ।

तर दोस्रो बजारमा सूचिकृत बाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम पूँजी हुने तेस्रो नम्बरमा रहेको एभरेष्ट यस वर्ष पूँजी बढाउनु पर्ने दवावमा छ। यस वर्ष बैंकले पूँजी बढाउने रणनीति लियो भने २५ प्रतिशत भन्दा माथि बोनश सेयर दिन सक्ने सम्भावना पनि उत्तीकै छ। अर्को तर्फ यस पटक नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको हुँदा उनले पूँजी बृद्धिलाई पनि केहि फोर्स गर्न सक्छन्। 

bank.png

 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend